६ पुस, काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।
उनका अनुसार हायुल ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए । पछिल्लो समय उनी बुल्गेरिया जाने तयारीमा थिए । विदेश जाने तयारीमा रहेका हायुले रोल्पाका दीपक थापा मगरलाई उक्त फार्म बेचेको समेत खुलेको छ ।
सोही क्रममा हायु २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा मृत अवस्थामा भेटिएका थिए ।
इनारमा बोरा तैरिएको अवस्थामा निकालेर हेर्दा हायुको शव फेला परेको हो । २४ मंसिरदेखि हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए । प्रहरीले हायुको हत्या भएको निष्कर्ष निकालेको छ ।
हत्या आरोपमा एक जनालाई पक्राउ समेत गरिएको एसपी जोशीले बताए । थप अनुसन्धानका काम बाँकी नै रहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन ।
अनुसन्धाका अनुसार टाउकामा प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ ।
शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनको खुट्टा, मुख टेपले बाँधिएको अवस्थामा भेटिएको छ ।
प्रतिक्रिया 4