प्रतीकात्मक तस्वीर
२३ पुस, काठमाडौं । चार महिने छोराको हत्या आरोपमा समातिएका नेपाल प्रहरीका असई पुष्कर कार्की कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानका आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल चलान भएका हुन् ।
सिनामंगलस्थित आफ्नो कोठामा चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।
कार्कीले सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर र धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।
ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको थियो ।
पुष्करकी श्रीमती पनि प्रहरी जवान हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4