+
+
Shares

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १३:३५

२८ पुस, काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार ती वृद्ध शुक्रबारदेखि हराएको भन्दै प्रहरीमा खबर भएको थियो । खोजी गर्ने क्रममा आज (सोमबार) ललितपुरकै किस्ट अस्पताल नजिकैको इनारमा उनको शव भेटिएको हो ।

बोरामा राखेर इनारमा फालेको अवस्थामा शव भेटिएको एसएसपी बोगटीले बताए । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

इलाम घर भएका उनी ललितपुर महानगरपालिका-१७ प्रसिद्ध टोल बस्दै आएका थिए । बोरामा प्याक गरेको अवस्थामा शव भेटिएकाले हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?