२ माघ, काठमाडौं । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुवास चौलागाईं रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, ‘टोखा नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित चौलागाईँलाई पक्राउ गरिएको हो ।’
प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4