+
+

सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते ११:०३

५ साउन, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तेलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?