+
+

विदाको दिन झण्डावाल गाडीलाई अवरोध नगर्न गृहको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १३:३९

५ साउन, काठमाडौं । सरकारी विदाका दिन राष्ट्रिय झण्डा लिएर हिँड्ने सरकारी सवारीसाधनलाई अवरोध नगर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गरेको छ ।

गृह मन्त्रालयका सह–सचिव प्रदीप कोइरालाका अनुसार राष्ट्रिय झण्डा भएका निजी सुरक्षा अधिकृत (पीएसओ) बोकेर हिँड्ने र सुरक्षा निकायका लागि पास आवश्यक नपर्ने भएकाले ती गाडीलाई अवरोध नगर्न परिपत्र गरिएको हो ।

गत शनिबार भूमि सुधार मन्त्री शशी श्रेष्ठ सवार गाडीलाई धरानको भानु चोकमा रोकिएको थियो । स्थानीयले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै अवरोध गरेका थिए ।

अन्य विभिन्न स्थानमा सामाजिक अभियन्ता बताउने तथा युट्युबरहरुले सरकारी विदाका दिन सार्वजनिक सवारी चलाउँदा चाबी खोसेर हैरानी दिएको सूचना आएको मन्त्रालयको भनाइ छ । त्यसैले अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै अवरोध नगर्न भनिएको कोइरालाले बताए ।

एम्बुलेन्स, वारुणयन्त्र लगायतका गाडीलाई पनि अवरोध नगर्न भनिएको छ । यस्ता गाडीलाई चेकजाँचका नाममा लामो समयसम्म नअड्काउन पनि भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?