+
+

सर्वदलीय छलफलले टुंग्याउन सकेन प्रदेश १ को नाम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १६:३४

६ साउन, विराटनगर । प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए ।

तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए । उनले भने, ‘ छलफल सकारात्मक छ, सहमतिका लागि फेरि छलफल गर्ने सहमति भएको छ ।’

प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?