+
+

विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १२:३२

८ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् ।

काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन् ।
विभिन्न ४५ वटा विषयमा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी रहेको रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।
यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशषेज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

हाल मुलुकमा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?