८ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न थालेसँगै वायुसेवा कम्पनीहरुले यात्रुलाई सचेत गराएका छन् ।
निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सले यात्राका दौरान अनिवार्य रुपमा मास्क लगाएर सुरक्षित हुन आह्वान गरेका हुन् ।
हवाई यात्राका दौरान तोकिएका सुरक्षा सतर्कताका मापदण्ड अनिवार्य रुपमा पालना गरी आफू र अन्य यात्रुलाई समेत सुरक्षित बनाउन वायुसेवा कम्पनीले आग्रह गरेका हुन् ।
कम्पनीहरुले आफ्ना सम्पूर्ण उडानमा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी सञ्चालन भइरहेको समेत उल्लेख गरेका छन् । पछिल्लो केही सातायता नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । यसल बढी भीडभाड हुने क्षेत्रमा जोखिम बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4