+
+

राजेश हमालले ‘बाबु’को रोल अस्वीकार गर्दा विपिनले बिनासर्त स्वीकारे !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १८:३५

काठमाडौं । ५८ वर्षीय अभिनेता राजेश हमालले बाबुको भूमिका गर्न आएको ‘छड्के २’को प्रस्तावलाई नकारे । ५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि उनी सो भूमिकाका लागि तयार भएनन् ।

तर ५८ वर्षको सोही रोल गर्न ३९ वर्षीय अभिनेता विपिन कार्की बिनासर्त तयार भएका छन् । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिनले बाबुको रोल गर्ने भएका हुन् ।

निर्देशक गुरुङ र अभिनेता कार्कीले सो चरित्र गर्ने खबरलाई पुष्टि गरे । ‘अहिलेसम्मको मेरो करिअरमा यो ठूलै चुनौती हो,’ कार्की भन्छन्, ‘त्यो चुनौतीपूर्ण पात्र गर्न म तयार भएको छु ।’ अहिले फूलबारी नामक वर्किङ टाइटलमा काम भइरहेको यो फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र विपिन कार्की मात्र फाइनल भएका छन् ।

सन्तान र अभिभावकबीचको सम्बन्धको कथा पेश गर्ने फिल्ममा विपिनले अवकाशप्राप्त स्कुलका प्रिन्सिपलको भूमिका गर्न लागेका हुन् । विपिनले यो चरित्रमा देखिन आफू मनोवैज्ञानिक रुपमै तयार भइसकेको बताएका छन् ।

राजेश हमालले बाबुको भूमिका निर्वाह गर्न ‘छड्के २’ मात्र नभएर यसअघि केही फिल्मबाट आएको अफरलाई पनि नकारेका छन् । तर पहिलो प्रस्तावमै विपिनले अफरलाई स्वीकारेका छन् । यसलाई कलाकार र स्टारबीचको भिन्नताको रुपमा बुझ्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?