+
+

नारायणगढ बुटवल सडकको ठेक्का रद्द गर्ने मन्त्रीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १९:१५

११ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् ।

बुधवार प्रतिनधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एक पटक पुनःनिर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी दिएका हुन् ।

उनले आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धीमूलक निर्माण हुन नसके ठेक्का तोड्ने बताएका हुन् ।

‘नारायणघाट बुटलव सडक खण्डको काम राम्रो नभएकाले ठेक्का रद्ध गर्ने कि नगर्ने आयोजना प्रमुखले लिखित रुपमा पत्रचार गर्नुभएको छ’ उनले भने, ‘मैले ठेक्का रद्ध गर्ने कुरा सार्वजनिक रुपमा नै भनेको छु । समितिले ठेक्का रद्ध गर्न निर्देशन दिओस्, निर्देशनपछि एकपटक निर्देशन गर्छौं भएन भने जे जति क्षति भएपनि ठेक्का तोड्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?