+
+

घट्टे खोला गाउँमा पस्दा २५ घर विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १६:२१

१२ साउन, सुर्खेत । लगातार परेको अविरल वर्षाका कारण घट्टे खोलामा आएको बाढी गाउँमा पस्दा रुकुम पश्चिमका २५ घर विस्थापित भएका छन् ।

आठबीसकोट नगरपालिका वडा नम्बर ७ गारास्थित १० गतेदेखि परेको अविरल वर्षातका कारण घट्टे खोला गाउँमा पसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । खोलाको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ ।

सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर खोलामा मिसिदा घट्टे खोलामा लेदोसहितको बाढी आएको र त्यो बाढी गाउँमा पसेको आठबीसकोट नगरपालिकाका मेयर रवी केसीले जानकारी दिए ।

बाढीले किसानको जमिन कटान गर्दा धान, मकै लगाएतका खेतीबाली बगाइदिएको छ ।

ईलाका प्रहरी कार्यालय आठबीसकोट खटिएको प्रहरी र स्थानिय तहको सम्वन्वयमा जेसीबी लगाएर खोलालाई साबिक ठाउँमा फिर्ता गराउने कार्य भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?