 
																			१२ साउन, काठमाडौं । संसदीय समितिले गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो) को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधामा ठगिएका सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्न परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।
सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।
‘सिंगापुर प्रहरीको समस्या पनि ज्वलन्त बनेर आइरहेको छ । यी समस्याका बारेमा छलफल गर्नका लागि परराष्ट्रमन्त्रीज्यूलाई बोलाउनका लागि पत्राचार गर्ने निर्णय गरिएको छ’ उनले भनिन्, ‘उहाँबाट सम्पूर्ण जानकारी लिऔं र, फेरि सरोकारवाला ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो) सँग पनि छलफल गरेर समस्या समाधानका लागि पहल गर्नु पर्दछ ।’
समितिका सदस्यहरुले सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको माग सम्बोधनका लागि परराष्ट्रमन्त्रीलाई बोलाउन माग गरेका थिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष समेत रहेका समितिका सदस्य ईश्वर पोखरेलले समितिका सदस्यहरुले मनको बह पोख्ने भन्दा पनि परराष्ट्रमन्त्रीलाई बोलाएर सो समस्याको समाधानका लागि ठोस पहल गर्न उपयुक्त हुने धारणा राखे ।
नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले संसदीय समिति र संसदले दिएको निर्देशन समेत सरकारले पालना नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4