+
+

सांसद गजेन्द्र महतले यसरी पहिचान गरे एम अधिकारी !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १४:४६

१३ साउन, असार । प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एमालेका अर्थ विभागका सदस्य एम अधिकारीको पहिचान भएको बताएका छन् ।

संसदको शून्य समयमा बोल्दै महतले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण भेटाएको बताएका हुन् ।

संसदमा सशक्त आवाज उठ्दा पनि एम अधिकारीको परिवार, पार्टी र संसदले समेत खोजतलास नगरेपछि आफूले खोजेर पहिचान गरेको उनले बताए । ‘यो सदनले नखोजे पनि एउटा सांसदको नाताले मैले त खोज्नै पर्‍यो भनेर म खोज्न रातदिन लागे । मैले प्रमाण पनि भेटाएँ, ‘ उनले भने ।

सांसद महतले व्यङ्यात्मक रुपमा शब्दार्थ लगाएर एम अधिकारीलाई पैसा (ढुकटी)को अधिकार भएको व्यक्तिका रुपमा व्याख्या गर्दै ती व्यक्ति गभर्नर नै भएको दाबी गरे ।

‘एम भनेको मनी रैछ । मनि भनेको पैसा, ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसामा अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझिंदो रैछ ‘ उनले अघि भने, ‘ढुकुटीमा अधिकार भएको मान्छे को रैछ त भनेर हेर्दा तिनी गभर्नर रैछन् । गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दो रैछ ।’

आफ्नो एक्लो प्रयासले एम अधिकारी गभर्नर नै रहेको पत्ता लगाएको भन्दै सांसद महतले कारबाहीको लागि सभामुखसँग माग गरे । ‘समिति त बनेन । म एक्लैले एम अधिकारी भन्ने मान्छे खोजेर ढुकुटीको अधिकार भएको मान्छे, गभर्नर मैले हजुरसमक्ष बुझाएको छु । उहाँमाथि कारबाही होस् ।’

भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?