+
+

राहदानी विभागमै पासपोर्ट बनाइदिन्छु भन्दै असुली, ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १८:१०

१४ साउन, काठमाडौं । काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन् ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको डीएसपी अनिल घिमिरेले बताए । उनका अनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो पनि छ ।

उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिन म्याद लिइएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?