+
+

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त गुसिङ्गालबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १४:२५

१५ साउन, काठमाडौं । प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका-३ का४७ वर्षीय इन्दल महतो कोइरी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको गुसिङ्गालबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?