+
+

‘कमब्याक’ तयारीमा धुर्मुस, भन्छन्- नयाँ क्यारेक्टरमा आउनेछु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १४:३१
कलाकार सीताराम कट्टेल 'धुर्मुस' । फाइल तस्वीर

काठमाडौं । फिल्म ‘सेन्टीभाइरस’ रिलिजसम्म धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलको कलाकारिताको गति एकनासले अघि बढिरहेको थियो ।

जब भरतपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले उनको यो गति कतै अलमलियो । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् ।

यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए । ‘रंगशालाको विषय टुंगिएपछि सिर्जनासँग काम गर्न वातावरण पनि चाहिन्छ । यसकै प्रतीक्षामा छु,’ उनले भने ।

धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत कमब्याक गर्न चाहन्छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा छन् । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।

‘केही क्यारेक्टर बनाउँदै आएको छु । हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं । मैले केही सर्ट फिल्ममा नयाँ पात्रमा काम गर्र्दैछु । अब बन्नेमा बिल्कुल फरक खालको क्यारेक्टर गर्छु,’ उनले भने, ‘अब हरेकमा फरक टेस्ट दिने प्रयास गर्छु ।’

‘अब गर्ने कलाकारिताकै चीज गर्ने हो । धेरै चीज गर्न बाँकी थिए, बीचमा अधुरै भए । बनाएका चीजमा पनि टाइम दिन पाइएन । समयले पनि सबैतिर परिबन्दमा परियो,’ सीताराम भन्छन् ।

‘कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदैछु, उनले भने, ‘चाँडै यसबारे औपचारिक जानकारी दिनेछौं ।’

सीतारामले निर्माण गरेको फिल्म सेन्टीभाइरस सन् २०२० मा रिलिज भएको थियो । त्यसलगत्तै कोरोना महामारी सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?