+
+

जनार्दन मन्त्रालय पुग्दा राजस्व सचिवले गरे स्वागत, मरासिनी अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १८:४०

१५ साउन, काठमाडौं । आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् ।

राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यन्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए ।

बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुन: शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?