 
																			१६ साउन, काठमाडौं । करिब साढे दुई वर्ष अगाडि नै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।
विप्लवको साथ छाडेर नेकपा बहुमत गठन गरेका नेताहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
नेकपा बहुमतका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ले अदालतले पुर्जी काट्नुको कारण आफूले बुझ्न नसकेको बताएका छन् । उनले ‘क्रान्तिकारी’लाई तर्साउने वा अदालतमा हाजिर गराएर छाड्न सक्ने अनुमान गरे ।
सरकारसँग भएका तीन बुँदे सहमतिमा मुद्दा लागेकाहरुलाई छाड्ने उल्लेख भएको बताउँदै उनले अनलाइनखबरसँग भने, ‘अहिले जुन वारेन्ट जारी भएको छ, त्यो के हो भन्ने कुरा हामीलाई बुझ्न गाह्रो भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4