+
+

‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ, ओटीटी अधिकार अमेजन प्राइमलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते ११:२२

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले फिल्म असोज ७ गते रिलिज हुने जनाएका हुन् ।

जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।

यसअघि ‘विश्वजीतम्’ शीर्षकमा भारतमा फिल्मलाई रिलिज गर्ने बताइए पनि शीर्षक ‘प्रेमगीत ३’ नै रहने भएको छ । ‘टाइटल पहिलेकै राख्दा व्यावसायिक रुपमा पनि फाइदा हुने देखेपछि सोही निर्णय गरेका हौं,’ निर्माता सन्तोष सेनले अनलाइनखबरलाई भने ।

निर्माताले महंगो मूल्यमा फिल्मको राइट भारतमा बेचेका हुन् । मधु इन्टटेनमेन्ट र यूएफओले फिल्मलाई नेपालबाहेक विश्वभर रिलिज समेत गर्नेछ । सेप्टेम्बर १ मा हिन्दी संस्करणको ट्रेलर समेत आउने भएको छ ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?