+
+

नेप्सेमा दिनभर तीब्र उतारचढाब, १ अंकको वृद्धि हुँदा ४ अर्ब ६७ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १५:३४

१६ साउन, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १.१५ अंक (०.०५) प्रतिशतले वृद्धि भएर २१९६.२५ अंकमा बन्द भएको छ ।

दिनभर तीब्र उतारचढाव देखिएको बजारमा अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित, हाइड्रोपावर, लगानी उत्पादनमुलक र व्यापार उपसूचक भने बढेको छ ।

व्यापार उपसूचकमा सर्वाधिक ३.५४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि ०.४ प्रतिशतले बढेको छ ।

होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले गिरावट भएको छ । त्यस्तै विकास बैंक उपसूचक १.४५ प्रतिशतले घटेको छ ।

गत साता र आइतबार पनि बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा प्रवेश गर्ने लगानीकताबीचको प्रतिस्पर्धाले नेप्सेमा दिनभर उतारचढाव देखिएको छ । जसले गर्दा कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।

सोमबार दिनभर नेप्सेमा १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार दिनभर बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थीर छ । सोमबार कारोबार भएकोमध्ये बुटवल पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ६.९५ प्रतिशतले वृद्धि हुँदा गुडविल फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ५.५७ प्रतिशतले बढेको छ ।

यता स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.२१ प्रतिशतले गिरावट हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य ४.७१ प्रतिशतले गिरावट भएको छ ।

(यसअघि समाचार शीर्षकमा ४ अर्ब ६७ करोड हुनु पर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ । सं.  )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?