+
+

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १२:२३

१७ साउन, काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार एक सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९५ हजार ४ सय र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा तोकिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमै कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?