+
+
Shares

विप्लवमाथिको पक्राउ पुर्जीविरुद्ध प्रतिवाद गर्न प्रतिरोधको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १५:०९

१७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत नेताहरुविरुद्ध जारी भएको पक्राउ पुर्जीलाई लिएर ‘प्रतिरोध समूह’ले आपत्ति जनाएको छ।

सरकार राजनीतिक रुपमा उठ्ने फरक मतप्रति असहिष्णु रहेको भन्दै समूहले मंगलबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो । ‘नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको यस घटनाले अहिलेको संविधानले व्यवस्था गरेको भनिएको राजनीतिक स्वतन्त्रता तथा सरकारको देखाउने शान्ति, सुव्यवस्था, कानुनी राज्य र विधिको शासनप्रतिको नक्कली प्रतिबद्धतालाई लज्जास्पद ढंगले उजागर गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

ललितपुर जिल्ला अदालतले सोमबार सूचना निकालेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)का नेताहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ति

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?