+
+

फाइटर जेटको सुरक्षासहित ताइवान पुगिन् अमेरिकी सभामुख

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते २१:०७

१७ साउन, काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् ।

अमेरिकी नेभी र एयरफोर्सका फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।

उनले ट्वीट गर्दै ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउन विषयमा हुने बताएकी छन् । सभामुख पेलोसीले लेखेकी छन्, विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण छ ।’

अमेरिकी सभामुख पेलोसीले सोमबार सिंगापुरबाट आफ्नो एसिया यात्रा थालेकी थिइन् । उनको ताइवान भ्रमणबारे केही बताइएको थिएन ।

बेइजिङले भने ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । किनकी चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्दै आएको छ ।

तर उनी मंगलबार साँझ ताइपेई पुगेकी छन् । यो ताइवानमा दशकौंमा भएको अमेरिकी अधिकारीको पहिलो भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?