+
+

बैंकले बाँड्न पाउने नगद लाभांशको सीमा हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १३:४०

१८ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्जन गरेको नाफाबाट आफ्नो हिसाबले लाभांश बाँड्न पाउने भएका छन् । कोभिड–१९ सुरु भएसँगै नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेकोमा अब भने बैंकहरुले पूँजी पर्याप्तता अनुपातको विश्लेषण गरेर नगद लाभांश वितरण गर्न सक्ने भएका छन् ।

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै पुरानो व्यवस्था हटाएको छ । ‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् । तर, यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन’ यसअघिको निर्देशनमा भनिएको थियो ।

यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम भएका बैंक तथा वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो ।
अब नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था हटाएसँगै बैंकहरुले कमाएको नाफाबाट आफ्नो हिसाबले लाभांश वितरण गर्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?