+
+

बराहक्षेत्रका ५०० परिवार श्रीलंका टापुमा फसे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १३:५५

१८ साउन, सुनसरी । कोशीको बाढी बस्तीमा पसेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाका पाँच सय घर परिवारका २ हजार ५ सय जना श्रीलंका टापुमा फसेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त जानकारी दिएका हुन् । श्रीलंका टापुमा फसेकाहरुकाे उद्दाका लागि सशस्त्र र नेपाल प्रहरीकाे टाेली सक्रिय छ ।

प्रमुख जिल्ला अधिकारी यादवले त्यस क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने प्रयास भइरहेको बताए । कतिपयले भने आफूहरु सुरक्षित नै रहेको भनेर त्यहाँबाट आउन नमानेको प्रजिअ यादवले बताए ।

यसैबीच कटान गरिएको क्षेत्रमा प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री केदार कार्की सहितको टोलीले निरीक्षण गरेको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताए ।

पीडितलाई आवश्यक राहतको प्याकेज लगायतका विषयमा छलफल गर्न विपद व्यवस्थापनको बैठक पनि बस्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?