+
+

श्रीलंका टापुमा फसेकाहरुको यसरी हुँदै छ उद्धार

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन १८ गते १३:५९

१८ साउन, उदयपुर । सप्तकोशीको श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ ।  उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् ।

विस्थापितहरूको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका छुट्टा छुट्टै ३ वटा टोलीले फरक फरक ठाउँबाट उद्धार गरिरहेको छ ।

रातिदेखि बाढी बस्तीमा पस्न सुरु गरेको थियो । बिहान गाउँमा समान्य डुबान भएकाले केही स्थानीयबासिन्दाले बस्ती छाड्न चाहेका थिएनन् । तर दिउँसो बस्तीमा बाढी बढ्दै गएकाले अहिले सबै जनाले गाउँ छाड्न चाहेको र उद्धारको पर्खाइमा रहेका धेरै रहेको प्रहरीले जनाएको छ ।

बेलकाकाे ८,९,३ र २ डुबानमा, सुनसरीको बराह नगरपालिका ९ र ६ वडाका बासिन्दा पनि विस्थापित भएकाे बेलका नगरपालिका ८ का वडा सदस्य फाल्गुन कार्कीले बताए । विस्थापितलाई उद्धार गरि स्कुलमा राखिएको उनले बताए ।


भिडियोमा हेर्नुहोस्:

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?