+
+

उदयपुरमा सप्तकोशीले कटान गरेपछि सप्तरीमा पनि ‘हाइअलर्ट’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १६:५८

१८ साउन, सप्तरी । उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा सप्तकोशी नदी कटान भएपछि सप्तरीको दुई पालिकामासमेत हाईअलर्ट जारी गरिएको छ ।

जिल्लाको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको बताएका छन् ।

उनका अनुसार सप्तकोशी नदीको छेउछाउमा रहेको बस्तीहरुतर्फ ईलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन जानकारी गराउने कार्य भइरहेको छ ।

सप्तकोशी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना रहेको छ ।

यस्तै, कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको मेयर ललन गुप्ताले जानकारी दिए ।

उनले यी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको बताए । बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोशी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?