+
+

हँसियाले हानेर कुकुर मारेको आरोपमा महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १७:५२

१९ साउन, काठमाडौं । हँसियाले हानेर कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका ४ कि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै मिलिजुली टोलकी जुना बरामले बुधबार सडक पेटीमा बसिरहेको कुकुरलाई हँसियाले हानेर मारेकी थिइन् । उनले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियो हेरेर पशु अधिकारकर्मी इरफान खान सहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि बालाजु प्रहरीले महिलालाई पक्राउ गरि हिरासतमा राखेको ४ नम्बर वडाध्यक्ष नरेन्द्र दास श्रेष्ठले जनाकारी दिए । वडाध्यक्ष श्रेष्ठका अनुसार ४ नम्बरको पुरानो गुहेश्वरी, मिलिजुली टोलमा कुकुरको आतंकले स्थानीयबासिन्दा हैरान छन् । ‘हाम्रोमा त्यो मरेको कुकुरले १० जना जतिलाई टोकिसकेको थियो । हिरासतमा रहेकी उहाँ महिलाले आफने छोरालाई टोकेपछि मार्दिनु भएछ,’ वडाध्यक्ष श्रेष्ठले भने ।

महिलालाई कुकुर मार्न नहुने कानुनी व्यवस्थाबारे थाहा नभएको भन्दै मिलाउन खोज्दा स्थानीयबासिन्दा र पशु अधिकारकर्मीबीच विवाद समेत भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

बालाजु प्रहरी वृत्तले भने अहिले यो विषयमा छलफल भइरहेकोले प्रतिक्रिया नदिने जनाएको छ । प्रहरी कार्यालय अगाडी पशु अधिकारकर्मीहरुले कुकुर मार्नेलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?