+
+

साम्राज्ञीको ‘लण्डन टु पेरिस’ र आँचलको ‘वर एण्ड वधु’को विदेश सुटिङ सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते ११:५७

काठमाडौं । स्टारकास्ट र ब्यानरको हिसाबले दुई प्रतीक्षित नेपाली फिल्मको विदेश छायांकन तालिका सकिएको छ । आँचल शर्मा स्टारर ‘वर एण्ड वधु’को रोमानिया छायांकन सकाएर टिम स्वदेश फर्किएको छ । साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को बेलायत तालिका टुंगिएको छ ।

मिलन चाम्सले निर्देशन गरिरहेको ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा तीन साता चल्यो । नेपाल फर्किएपछि फिल्मको बाँकी छायांकन गर्ने तयारी छ ।

घनश्याम लामिछानेले निर्देशन गरिरहेको ‘लण्डन टु पेरिस’ सुटिङ तालिकाअन्तर्गत बेलायतको भाग सकिएको छ । बाँकी छायांकन फ्रान्सको राजधानी पेरिससहित आसपास हुने जनाइएको छ ।

फिल्मको लण्डन भाग सकिएको खुसियालीमा सुटिङ सेटमै कलाकारले केक काटेर सेलिब्रेसन गरे । साम्राज्ञी शाह, गरिमा शर्मा, कबीर खड्का र निश्चल खड्काले ‘र्‍याप’ लेखिएको केक काटेर खुसी मनाए । टोली अब पेरिसतर्फ अघि बढ्ने क्रममा छ ।

यी दुवै फिल्मले नेपाली फिल्मको कथावस्तुमा विदेशी भूभाग, परिवेश र संस्कृतिलाई खोजी गर्ने आशा लिइएको छ । दुवै फिल्मको निर्माणमा गैरआवासीय नेपालीको पनि लगानी भएकाले ती ठाउँमा छायांकन गरिएको हो । कोरोना महामारीपछि अन्य नेपाली फिल्म पनि विदेशमा छायांकन हुने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?