+
+

महाअभियोगको प्रस्ताव छिनोफानो नगरेकोमा ओलीको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १३:५०

२० साउन, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंमा आज भएको कार्यक्रममा ओलीले आफूले चाहे अनुसारको नतिजा नआउने भएकाले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्तावलाई अघि नबढाएको आरोप लगाए ।

ओलीले सभामुख अग्नी सापकोटा र सरकारको आलोचन समेत गरे । ‘गैरजिम्मेवार सरकारका खेलौना सभामुख, आफ्नो टेबलमा भएको महाअभियोगको प्रस्तावको छिनोफानो गर्नु पर्दै ?’ ओलीले भने, ‘‘मान्छेलाई डामेर छाड्ने, अभियोग लगाएर छाड्न ? तर त्यो अभियोगका बारेमा नबोल्ने ।’

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धमा आवद्ध दलले गत फागुनमा स‌ंसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?