+
+
Shares

लिङ्देनलाई ओलीको जवाफ- हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ

‘हामीलाई भनेको होला भाग्ने भनेर, हामीजस्तो बुढा त भाग्न पनि मिल्दैन, तपाईंहरूजस्तो जवानलाई मिल्छ । जवान जवानलाई मिल्छ, भन्ने वक्तालाई मिल्छ । अब हामी पाका मान्छे कहाँ भाग्ने हौ ?,’ प्रधानमन्त्री ओलीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १५:२४

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था माग गरिरहेका राजावादी दलहरूलाई जवाफ दिँदै ‘नेपाली जनता अहिलेको व्यवस्थाबाट नभाग्ने’ दाबी गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत २८ गते काठमाडौंमा आयोजित एक प्रदर्शनका क्रममा ‘सम्झौता नगर्ने भए भाग्न तयार हुनू’ भन्दै चेतावनी दिएका थिए ।

उक्त विषय स्मरण गर्दै आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राजसंस्थालाई ‘मक्काएको, खिएको र सडेको’ संस्थाको रुपमा अर्थ लगाए ।

‘एकजना माननीयज्यूले बोल्नुभएको मैले सुनेँ, त्यो पनि एउटा पार्टीको अध्यक्षले नै । कि राजा ल्याउने सम्झौता गर, हैन भने भाग्न तयार होऔ,’ प्रधानमन्त्री ओलीले भने, ‘कहाँ भाग्ने ? कहाँ ? एउटा थोत्रो संस्थाको तर्फबाट मक्काएको, खिएको, सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लल्कार्ने ? नेपाली जनता भाग्दैन ।’

देशको सबैभन्दा बढी हकदार नेपाली जनता भएको उल्लेख गर्दै उनले यहीँ हक कायम गरेर बस्ने जिकिर गरे ।

‘नेपाली जनतालाई भाग्ने ठाउँ पनि छैन । नेपाली जनता यस देशका सबैभन्दा बढी हकदार हुन् । त्यो हक कायम गरेर नेपाली जनता बस्छ । नेपाली जनता भाग्ने होइन,’ प्रधानमन्त्री ओलीले भने ।
उनले आफूहरूलाई भाग्न भनेको हो कि भन्दै बुढो भइसकेकाले भाग्न नसक्ने पनि बताए ।

‘हामीलाई भनेको होला भाग्ने भनेर, हामीजस्तो बुढा त भाग्न पनि मिल्दैन, तपाईंहरूजस्तो जवानलाई मिल्छ । जवान जवानलाई मिल्छ, भन्ने वक्तालाई मिल्छ । अब हामी पाका मान्छे कहाँ भाग्ने हौ ?,’ प्रधानमन्त्री ओलीले भने, ‘२७० ले यस्तो भन्दैन क्या । संविधानको उल्लेख गर्ने अनि संविधान नमान्ने । संविधान फाल्छु, यो संविधान मान्दिन भन्ने ? त्यही संविधानको धारा चाहिने रहेछ त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?