+
+

‘सम्हालिन्छ कहिले मन’ ट्रेलर : सोनम र पूजाको प्रेममा जब आकाशको प्रवेश हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १६:१६

काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को आधिकारिक ट्रेलर रिलिज भएको छ । भदौ १७ गतेदेखि रिलिज हुने तयारीमा रहेको फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका छ ।

गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरमा सोनम, पूजा र आकाशबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई चित्रण गरिएको छ । सोनम र पूजाको प्रेममा आकाश आउँदाको संघर्ष फिल्मको कथावस्तु हो । मरिस्का पोखरेलको केमियो पनि फिल्मा देख्न सकिन्छ ।

सुगम पोखरेलको स्वरमा रहेको ‘सम्हालिन्छ कहिले मन’को शीर्षगीत कर्णप्रिय सुनिन्छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानले संगीत दिएका छन् ।

शैलेन्द्रमान प्रधानको ब्याकग्राउन्ड स्कोर, अर्जुन जीसीको सम्पादन रहेको फिल्मको सहनिर्मातामा परी राना, अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिश खकुरेल र अंकित गौतम छन् ।

फिल्मको गीत ‘जरुरी कुरा छ’ यसअघि नै हिट भइसकेको छ । आकाश र पूजा अभिनित फिल्म ‘सम्झना बिर्सना’ यसै महिना रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?