+
+

एमाले सचिव पद्मा अर्यालको आरोप-ज्यादतीका साथ चुनाव गराइँदैछ

'गृहमन्त्री अगाडि कसम खुवाएर सीडीओको खटनपटन गरिएको छ'

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १३:२७

२२ साउन, पोखरा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले विगतको भन्दा धेरै ज्यादतीका साथ सरकारले चुनाव गराउन लागेको आरोप लगाएकी छन् ।

आगामी चुनावलाई लक्षित गरी गठबन्धन पार्टीका जिल्ला सभापतिले गरेको सिफारिसको आधारमा गृहमन्त्रीको अगाडि कसम खुवाएर प्रमुख जिल्ला अधिकारीहरुलाई खटनपटन गराउन काममा सरकार लागेको आरोप उनले लगाइन् ।

आज पोखरामा आयोजित पत्रकार भेटघाटमा अर्यालले भनिन्, ‘गठबन्धनका जिल्ला सभापति, खासगरी नेपाली कांग्रेसका जिल्ला सभापतिले सिफारिस गरेर, गृहमन्त्रीको अगाडि उभ्याएर, कसम खुवाएर सीडीओ खटाउने तयारी छ । यस्तो हिसाबले चुनाव गराइँदै छ । चुनाव कस्तो होला हामीले अनुमान गरेकै छौं ।’ जस्तो भए पनि एमालेले चुनावको सामना गर्ने र मुलुकको पहिलो शक्ति बन्ने दाबी उनले गरिन् ।

विगतमा भोट लुट्न सहज हुने गरी मतदान केन्द्र बनाइएको आरोप लगाउँदै उनले आगामी चुनावमा पनि त्योभन्दा भयंकर ज्यादती हुने आशंका गरिन् ।

एमाले सचिव अर्यालले भनिन्, ‘आउने चुनाव पनि लुट्ने खालको हिसाबले यो गठबन्धन गइरहेको छ । लुट्नु भनेको डकैती हो । निर्वाचनमा डकैती गर्नु भनेको लोकतन्त्रको चीरहरण हो । लोकतन्त्रको चीरहरण गर्ने काममा यो सरकार लालायित भएको छ, आउने चुनावको मिति पनि त्यही योजना बनाएर, जसरी स्थानीय चुनाव गरियो, त्योभन्दा अझ भयंकर ज्यादतीका साथ चुनाव गराउने तयारीका साथ सरकार लागिपरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?