+
+

केकी र आँचलको ‘झिंगेदाउ’ ट्रेलर : बिहेपछि दाजुभाइको जीवनमा आउने उतारचढावको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १४:३७

काठमाडौं । केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्म ‘झिंगेदाउ’को ट्रेलर रिलिज भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलरमा अत्यन्तै मिल्ने दुई दाजुभाइको जीवनमा विवाहपछि आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

३ मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार केकी, आँचल, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायत चित्रित छन् । फिल्ममा केकी र आँचल जेठानी देवरानी र मुकुन र कुशल दाजुभाइको भूमिकामा छन् ।

भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ । फिल्म कपनगडी सिनेमा र क्रिउ नेपालको ब्यानरमा निर्माण भएको हो ।

प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको ‘झिंगेदाउ’मा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन र मित्र गुरुङको सम्पादन छ । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?