+
+

सौगातको ‘लाखे’को प्रदर्शन रोकिंदा अदितीको ‘बाबरी’लाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १५:५७

काठमाडौं । सौगात मल्ल र अनुपविक्रम शाही स्टारर ‘लाखे’को पूर्वनिर्धारित प्रदर्शन मिति रोकिएको छ । निर्माताले फिल्म भदौ ३१ गते रिलिज नहुने जनाएका छन् ।

‘लाखे’ अब कात्तिक ११ गते अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । प्रचारमा जुट्नुपर्ने बेला प्राविधिक कार्य नसकिएको भन्दै निर्माताले फिल्म रिलिज पछि सारेका हुन् ।

‘लाखे’ मल्टिस्टारर फिल्म नआउने भएपछि भदौ ३१ मै प्रदर्शन मिति तय गरेको अदिती बुढाथोकी र धीरज मगर स्टारर फिल्म ‘बाबरी’लाई राहत मिलेको छ । टिजर र गीतमार्फत राम्रो हाइप बनाएको फिल्म ‘बाबरी’लाई प्रचारका लागि सजिलो हुने अनुमान छ ।

दुई वर्षदेखि रोकिएका फिल्मले रिलिज मिति पाउन नसकिरहेको बेला सरकारले मंसिर ४ गते चुनाव मिति घोषणा गरेपछि घरेलु फिल्मको रिलिज क्यालेन्डर प्रभावित हुने अनुमान छ ।

दयाहाङ राई र सौगात मल्लकै अर्को फिल्म ‘२ नम्बरी’को रिलिज मिति मंगलबार घोषणा हुँदैछ भने ‘महापुरुष’को पनि केही दिनमै हुने तयारी छ । निर्माता किरण नेपाली प्रदेशसभा सांसदमा उठ्ने तयारीमा रहेकाले कात्तिकअघि नै फिल्म रिलिज गर्ने तयारी छ ।

‘महापुरुष’ फिल्मका निर्माता रविन्द्रसिंह बानियाँले पनि कात्तिक र तिहार छेकोमै फिल्म ल्याउनेबारे तयारी भइरहेको बताए । ‘छक्कापञ्जा ४’लाई फागुनतिर रिलिज गर्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?