
२३ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोग केशरमहल भवनको तेस्रो तलामा सर्ने भएको छ । हाल भक्तपुरको सानोठिमीमा रहेको आयोगलाई मन्त्रालयले केशरमहलको भवनमा सर्नको लागि पत्र पठाएको आयोगले जनाएको छ ।
आयोगले केशरमहल भवनको पुर्नसवलीकरण सकिएपछि त्यसको तेस्रो तलामा सर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पत्र प्राप्त भएको जनाएको छ ।
आयोगले सोमबार कार्यक्रमको आयोजना गर्दै आयोगको कार्यप्रगति विवरण प्रस्तुत गर्दै आयोगको गठनपछि भौतिक पूर्वाधारतर्फ एक वटा प्रिफ्याब भवन निर्माण गरेको उल्लेख गरेको छ ।
त्यस्तैगरी आयोग गठन भएपछि चिकित्सा शिक्षा नीति, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपलगायतका कार्य भएका हुनुका साथै महत्वपूर्ण मुद्दा तथा समस्याको सम्बोधन गर्न प्रमाणमा आधारित निर्णय प्रक्रिया अवलम्बन गर्न एक दर्जन समिति र कार्यदल गठन भएर प्रतिवेदनसमेत प्राप्त भएको र हुने क्रममा रहेको आयोगले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4