+
+
Shares

सत्ता गठबन्धनमै राख्न प्रधानमन्त्रीसँग बाबुरामको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १९:३६

२३ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीले आफूहरुलाई पनि सत्ता गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ ।

अर्का अध्यक्ष महेन्द्रराय यादवलाई साथमा लिएर देउवा भेट्न बालुवाटार गएका अध्यक्ष बाबुराम भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए ।

‘हाम्रो पार्टी दर्ता भयो, हामी यही गठबन्धनको घटक हौं,’ भट्टराईको भनाइ उद्धत गर्दै अनलाइनखबरसँग यादवले भने, ‘यही गठबन्धनमा रहनको लागि वातावरण बनोस् ।’ जवाफमा प्रधानमन्त्री देउवाले आफूले यसबारे गठबन्धनमा छलफल गरेर मिलाउने बताएका थिए ।

यसबारे पनि यादवले भने, ‘उहाँले गठबन्धनमा छलफल गरेर गर्छौं भन्नु भएको छ । सकरात्मक कुरा भएको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?