+
+

गगनको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १२:३४

२५ साउन, काठमाडौं । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।

बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता गरेका हुन् ।

सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका उनको सचिवालयले जनाएका छन् । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेका कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

स्थानीय तहमा पार्टीबाट निर्वाचित जप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको एक पदाधिकारीले जानकारी दिए ।

का‌ंग्रेसमा सभापति, २ जना उपसभापति, २ महामन्त्री, ८ जना सहमहामन्त्री र प्रवक्ता गरी १४ जना पदाधिकारी छन् । सभापतिले नियुक्ति गर्ने कोषाध्यक्ष पद खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?