+
+

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १८:४२

२५ साउन, जनकपुरधाम । एउटा खुट्टाको भरमा मात्रै हिंडडुल गर्छिन् उनी । जन्मिदैं एउटा खुट्टाको घुँडामुनिको भाग नभएका कारण उनी एक मात्र खुट्टाको सहारामा घरमा सामान्य हिंडडुल गर्न सक्छिन् ।

धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा गाउँकी रिणा मण्डलको सानैदेखिको समस्या हो, यो ।

यो समस्याका कारण टाढासम्म हिंडडुल गर्न नसक्ने रिणालाई पढ्ने धोका आमाले पूरा गराउँदै आएकी छिन् । काखमा बोकेर सधैं विद्यालय पुर्‍याउँदै आएकी छन् उनकी आमा ।

विद्यालय मात्रै होइन, कतै अन्य ठाउँ लग्नुपरे पनि आमाले काखमै बोक्थिन रिणालाई ।

तर, अब आमाले बोक्नुपर्ने समस्याबाट मुक्त भएकी छन् रिणा । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले ह्वील चेयर उपलब्ध गराएपछि रिणालाई अब विद्यालय जान र त्यसमै हिंडडुल गर्न सहज भएको छ ।

साहले घरमै पुगेर मण्डललाई ह्वील चेयर प्रदान गरेकी छन् । ‘पढ्नलाई इच्छुक भएको र विद्यालयसम्म पुग्न कठिनाइ भइरहेको बारेमा बुझें’ सप्तरी निवासी साहले भनिन्, ‘यस्तो जानकारी पाए लगत्तै ह्वील चेयर पुर्‍याइदिएकी हुँ । विश्वास छ अब उनको जीवन यापनमा केहि सहज हुन्छ ।’

रिणाकी आमा गीता देवीले छोरीलाई सधैं बोकेर विद्यालय छोड्ने गरेको बताइन् । ‘अहिलेसम्म काखमै बोकेर विद्यालय पुर्‍याउँदै आएकी थिएँ’ गीतादेवी भन्छिन्, ‘ह्वील चेयर भएपछि अब उनी आफैं पनि विद्यालय जान सक्छिन् ।’

घरदेखि झण्डै एक किलोमिटरको दूरीमा रहेको सरस्वती माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययन गर्छिन् ९ वर्षकी रिणा । उनी जन्मिदैं यस्तै जन्मेको बताउँदै गीता देवी भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण समयमै उपचार गराउन सकिएन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?