+
+

चार दिनमा ८५.९९ अंकले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १५:३९

२६ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अंकले घटेको छ ।  साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से १९.०६ अंक (०.९३ प्रतिशत) ले गिरावट हुँदा २०३७.८३ अंकमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो ।

नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार रकम पनि घटेको छ । सामूहिक लगानी कोष उपसूचक बाहेक सबै उपसूचक घटेको छ । सामूहिक लगानी कोष उपसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक २.३८ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।

पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको मा बिहीबार लगातार दोस्रो दिन पनि कनारोबार रकम दुई अर्बबाट तल झरेको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजारको कारोबार भएको थियो । बिहीबार पनि ६२ लाख ९८ हजार ६३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड २७ लाख ७४ हजारको कारोबार हुँदा शिवम् हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख १५ हजारको कारोबार भएको छ ।

बुधबार बजारमा १८३ कम्पनीको सेयर कारोबारमा आएकोमा १५० कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयमूल्य भने स्थिर रहेको छ ।

बुधबार कारोबार भएकामध्ये हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । दुवै कम्पनी हालै मात्रै सार्वजनिक निष्कासन भएर नेप्सेमा सूचीकृत भएका हुन् ।

यता युनिलिभर नेपालको सेयरमूल्य ८.२३ प्रतिशतले गिरावट भएको छ । यता बुद्धभूमि हाइड्रोपावर नेपालको सेयरमूल्य ७.५६ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?