+
+

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १९:५१
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

२६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताएका छन् ।

चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्केका उनले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास बताएका हुन् ।

‘मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको बताउँदै हाम्रो भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु’ उनले स्वदेश फर्केपछि जारी गरेको प्रेसनोटमा भनेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निशर्त समर्थन रहेको बताएका परराष्ट्रमन्त्री खड्काले बताए ।

परराष्ट्रमन्त्री खड्काले चीनसँग प्रतिनिधिमण्डलस्तरको वार्तामा द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्ने विषयमा दुवै पक्ष सहमत भएको बताएका छन् ।

साउन २४ गते चीन भ्रमणमा गएका खड्का दुई दिनपछि बिहीबार स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?