+
+

पीसीएल नर्सिङ प्रवेश परीक्षाको आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १५:०८

२७ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना आवेदन फाराम खोलेको छ ।

परिषद्ले सूचना जारी गर्दै पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट भदौ १० गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्न/भराउन निर्देशन दिएको छ । सञ्चालन सम्बन्धन/स्वीकृति पाएका आङ्गिक, साझेदार तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थामा प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको हो ।

परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९ बमोजिम आवेदन खुला गरेको जनाएको छ ।

परिषद्ले यस अघि नै अन्य चिकित्सा शिक्षाको भर्ना खोलेपनि नर्सिङ कलेजको अनुगमन बाँकी रहेको भन्दै नर्सको भर्ना आवेदन रोकेको थियो ।

प्रि–डिप्लोमा तहको फारम भर्ने म्याद भदौ ९ सम्म थप

परिषद्ले शैक्षिक सत्र २०७९/८० मा प्रि–डिप्लोमा तहको प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।

परिषद्का आङ्गिक, साझेदारी, टेक्स तथा निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त शिक्षालयहरूमा प्रि–डिप्लोमा तहका कार्यक्रमहरूमा २६ गतेसम्म तोकिएको सम्म थियो । तर, तोकिएको समयभित्र शिक्षण संस्थाहरूमा न्यून संख्यामा आवेदनहरू परेको भन्दै आवेदन फाराम भर्ने म्याद थप गरिदिन अनुरोध भएकोले म्याद थप गरेको परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?