+
+

हलिउड अभिनेत्री एनी हेचेको परिवारले भन्यो- अब उनी बाँच्ने आशा छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १५:०८
हलिउड अभिनेत्री एनी हेचे

काठमाडौं । गत साता अमेरिकाको लस एन्जलसमा भएको एक कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचे बाँच्ने सम्भावना लगभग नरहेको उनको परिवारले जनाएको छ ।

उनको परिवार र साथीहरुका एक प्रतिनिधिले सीएनएनलाई बताएअनुसार उनको बाँच्ने आशा गरिएको छैन ।

‘दुर्भाग्यवश, दुर्घटनाको कारण उनको मस्तिष्कमा गम्भीर चोट लागेको छ र उनी गम्भीर अवस्थामा कोमामा छिन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनी लामो समयदेखि अंगदानको पक्षमा थिइन् । उनका कुनै अंग दान गर्न योग्य छन् कि छैनन् भनेर उनलाई लाइफलाइनमा राखिएको छ ।’

मस्तिष्कमा अक्सिजन प्रवाह नहुँदा एनोक्सिक इन्जुरी हुन्छ । गत शुक्रबार हेचे तीव्र गतिमा गुडिरहेको एक कारमा सवार थिइन् र सडकबाट उछिट्टिएर केही घरसँग ठोक्किएको थियो । त्यसपछि आगोको मुस्लो पनि देखियो ।

अभिनेत्री हेचे अहिले गम्भीर अवस्थामा छिन् । उनकी प्रवक्ताका अनुसार आगोले जलेका कारण उनलाई मेकानिकल भेन्टिलेसनको जरुरत छ । आफ्नो सन्देशमा उनका परिवार र साथीले हेचेको विशाल हृदय र उदार भावनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोप ओपेरा ‘एनदर वल्र्ड’बाट हेचे चर्चित भएकी थिइन् । यसमा उनले गरेको जुम्ल्याहा चरित्रको प्रस्तुतिबाट उनले डे टाइम एमी अवार्ड समेत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?