+
+
Shares

पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस् : अर्जुननरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १३:४४

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गठबन्धनका नाममा पार्टीभित्र अन्याय हुने गरी टिकट वितरण नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले गठबन्धनको नाममा टिकट वितरण गर्दा मागपदण्ड मिच्न नहुने बताएका हुन् ।

‘एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् । यसले परिणाम गम्भीर बनाउन सक्छ’ उनले भने, ‘गठबन्धनको लक्ष्य पनि पूरा हुँदैन । मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन ।’

अहिले पार्टी भित्रपनि विविधता रहेको भन्दै संस्थापन पक्षले सबै पक्ष समेटिने गरी न्यायोचित रुपमा टिकट वितरण गर्नुपर्ने केसीको भनाइ छ ।

‘नेपाली कांग्रेसभित्र भएको विविधतालाई पनि ध्यानमा राखेर व्यापक छलफल हुन जरुरी छ । पार्टी भित्रका विविधतालाई चिर्न नसक्ने हो भने यसले पनि निर्वाचनमा परिणाम गम्भीर बन्छ’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?