+
+

अब कुकुर बिरालोलाई गर्मी हुने छैन, जापानले बनायो पंखा जडित कपडा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १४:२९

गर्मीको समयमा आफ्नो घरमा पालेका कुकुर तथा बिरालो लगायतका जनावरलाई आफुसँगै घरबाहिर लैजान समस्या पर्दछ । घरभित्रै पनि यी जनावरलाई निकै गर्मी महसुस हुन्छ र आत्तिन्छन् ।

तर अब चिन्ता लिनु पर्दैन गर्मीका कारण घरमा पालेको कुकुर बिरालोलाई बाहिर डुलाउन लैजान नपाइने समस्याको समाधान निस्केको छ । जापानस्थित एक कपडा उत्पादक कम्पनीले जनावरका लागि पंखाजडित कपडा तयार पारेको छ ।

टोक्योमा रहेको स्वीट मम्मी नामक उक्त कम्पनीले त्यस्तो गज्जबको कपडा तयार पारेको हो ।

रिपोर्ट अनुसार घरपालुवा जनावरलाई एयर कण्डिसनरयुक्त कोठामा राख्नुभन्दा उक्त कपडा पहिराउनु निकै फाइदाजनक हुन्छ ।

उक्त कपडाको नामक कूल डग राखिएको छ । तर त्यो कपडा कुकुरलाई मात्र नभई बिरालोलाई पनि लगाइदिन मिल्छ ।

उक्त कपडामा एक पहिरिन मिल्ने पंखा अर्थात् वेयरेबल फ्यान राखिएको हुन्छ जसलाई कुकुर वा बिरालोको पिठ्यूँमा जडान गर्न सकिन्छ । उक्त पंखामा दुईवटा AAA ब्याट्री लगाइएको हुन्छ र वजन पनि निकै कम हुन्छ । कुकुर बिरालोहरु गर्मीका कारण बेहोस नहोउन् भन्नका लागि उक्त पंखाजडित कपडा डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

साउथ चाइना मर्निंङ पोष्टमा दिएको एक अन्तर्वार्तामा उक्त पहिरनका डिजाइनर रेइ उजावाले कुखुर बिरालोलाई एक दिनमा १० मिनेटका लागि लगाइदिँदा पंखाको ब्याट्री तीन देखि चार महिनासम्म टिक्ने बताएका छन् ।

उक्त पंखा सर्टमा राखिएको छ पिठ्यूतर्फ जडित हुन्छ जसका कारण जनावरको चारैतर्फ हावा सञ्चार हुन्छ ।

उजावाका अनुसार मानिसका लागि बनाइएको सोनी रेओन पकेट जस्ता एयर कन्डिसनयुक्त कपडाबाटै प्रभावित भएर कुकुर बिरालोका लागि सो पहिरनको डिजाइन गरिएको हो ।

रोयटर्ससँग कुरा गर्दै उजावाले गर्मीयाममा आफुले पनि आफ्नो कुकुर डुलाउनका लागि निकै समस्या भोगेको र यो वषृ जापानमा किर्तिमानी गर्मी भएकोे हुँदा यस्तो पंखाजडित कपडा उत्पादनको आइडिया फुरेको बताएका छन् ।

ओसिस पशु अस्पतालका एक पशुचिकित्सकको सुपरीवेक्षणमा उनले उक्त पंखा तयार गरेका थिए । उनले तयार गरेको कुकुर तथा बिरालोको उक्त पंखाजडित कपडाको मूल्य ९ हजार ९ सय येन अर्थात् करीब १० हजार रुपैयाँ पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?