+
+

कांग्रेसले राजनीतिलाई प्रतिस्पर्धाबाट दुश्मनीतर्फ लग्यो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १६:४६

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन् ।

‘लोकतन्त्रमा सत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, सत्रुता गर्न खोजिरहेका छन्’ ओलीले भने ।

विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको बताए । ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ ओलीले भने ।

कांग्रेसको आलोचना गर्दै ओलीले कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको टिप्पणी गरे । ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ उनले भने, ‘दुष्मनीतर्फ लडाइँ झगडातर्फ लैजान खोजेको छ । जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ ।’

मुलुकको राजनीतिकलाई दुश्मनीतर्फ लैजाँदा बाह्य शक्तिले फाइदा लिन सक्ने ओलीले बताए । ‘देशभित्र जनताका बीचमा दुश्मनी भयो भने विकृत रुप लिन्छ, त्यसले अरुलाई फाइदा हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?