+
+
Shares

विक्रम पाण्डेको प्रश्न : गणतन्त्रले नेपालीलाई के दियो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते २०:४५

२८, साउन, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले अहिलेको सत्ता गठवन्धनले जनता माथि लुटपाट मच्चाएको आरोप लगाएका छन् ।

राप्रपा भरतपुर महानगर कार्य समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठिमा बोल्दै नेता पाण्डेले अहिलेको जसरी देश बाँडीचुँडी खान थियो भने युद्धका नाममा हजारौं जनता किन मारेको भनेर प्रश्न गर्दै भने, ‘गणतन्त्रको कारखानाले आम नेपाली जनतालाई के दियो ? युवाहरुलाई खाडी पठाएको छ, वृद्धलाई भत्ता दिएर राखेको छ ।’

उनले नेपालीहरुको मौलिक पर्व, संस्कृति र जातीय एकता सद्भाव माथि विदेशीको इशारामा प्रहार गरिएको टिप्पणी गरे । उनले अहिलेको संघीयताको कुनै औचित्य नभएको भन्दै विदेशीका विशालु हातहरू नेपालको घाँटी अठ्याउन यहीँ संघीयताको नाममा आएको टिप्पणी गरे ।

आगामी निर्वाचन जीवन मरणको सवाल भएको भन्दै राजसंस्था र हिन्दु राज्य विना देश टिक्न नसक्ने नेता पाण्डेको भनाइ छ । उनले अहिलेका नेताले जनतालाई ‘ड्रग्स’ खुवाएर राखेको टिप्पणी गर्दै देशका विरुद्ध अपराध हुँदा पनि जनता सोही कारण बोल्न नसक्ने अवस्थामा पुगेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?