+
+

आगामी चुनावमा १० अर्ब खर्च हुने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते ९:१७
निर्वाचन तयारीबारे जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया ।

२९ साउन, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका हुन् ।

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?