
२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले उक्त आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने ।
युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदान भुल्न नहुने बताए ।
उनले बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरु आजका कर्णाधार भएको पनि बताए ।
मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि उनले बताए । आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए ।
‘बिरामी हुँदा पनि एक्टिभ हुन्छु’
बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको उनले बताए । मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा पनि आफूले एउटा गीत रचना गरेको सुनाए । ‘होस खुलेपछि साह्रै म भाग्यमानी रहेछु भन्ने लाग्यो र गुनगुनाएँ-
छानेर नी होइन, होइन जानीजानी
तर जन्मे नेपालमा कति भाग्यमानी ।’
आफूले लेखेको यो गीत शिशिर योगीको स्वरमा रेकर्ड भएको पनि उनले बताए ।
प्रतिक्रिया 4